Aadarsh-Daily

हमासले चारजना बन्धकको शव हस्तान्तरण गर्ने

ad-4p

प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना बन्धकहरूको शव भोलि बिहिवार हस्तान्तरण गर्ने भएको छ ।

content ad p2

हमासका नेता खलील अल–हयाले चार जनामध्ये एकै परिवारका दुई बालबालिकासहित आमाको शव हस्तान्तरण हुन लागेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

content left

बालबालिकाका बुबा यार्डनलाई हमासले यस महिनाको शुरूमा रिहा गरेको थियो । सन् २०२३ अक्टोबर ७ मा हमासको अपहरणमा परेका उहाँका बच्चाहरु ९ महिना र चार वर्षका थिए ।

हमासले इजरायली आक्रमणमा उनीहरुको ज्यान गएको बताउँदै आएको भए पनि इजरायलले यसको पुष्टि गरेको छैन ।

यसैबीच हमासले आउँदो शनिवार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । यसको बदलामा इजरायलले गएको अक्टोबरदेखि अपहरणमा परेका सबै महिला र १९ वर्षमुनिका बालबालिकालाई मुक्त गर्ने जनाएको छ ।

यस्तै इजिप्टको सिमाना हुँदै गाजामा भग्नावशेष हटाउने उपकरणहरू पठाउन पनि इजरायले अनुमति दिँदैछ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily