Aadarsh-Daily

वीरगञ्ज भन्सारमा राजस्व सङ्कलन बढ्यो

ad-4p

वीरगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन बढेको छ । कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

content ad p2
content left

यो गएको आर्थिक वर्षको यही अवधिमा सङ्कलित रकममा सात अर्ब ९५ करोड रुपैयाँले बढी हो । कार्यालयले सात महिनामा एक खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो । गएको साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ राजस्व उठेको थियो ।

सरकारले वीरगञ्ज भन्सार कार्यालयलाई चालू आर्थिक वर्षमा दुई खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्न निर्देशन दिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily