Aadarsh-Daily

सर्लाहीको चक्रघट्टा स्कारपियो दुर्घटनामा हुदा चालकको मृत्यु

ad-4p

सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा स्कारपियो पल्टिँदा चालकको मृत्युु भएको छ ।

content ad p2
content left

गाउँको भित्री सडकमा सोमबार बिहान ४ बजेतिर बिआर ३० पि १७०३ नम्बरको स्कारपियो आफै अनियन्त्रित भई पल्टिँदा चालक सोही ठाउँका ४० वर्षीय अमितकुमार अधिकारी गम्भीर घाइते हुनुुभएको थियो ।

दायाँ हात र शरीरका विभिन्न भागमा गहिरो चोट लागेर शक्त घाइते भएका स्कारपियो चालक अधिकारीलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि सोमबार दिउँसो तीन बजेतिर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंं पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

मृतकको शव काठमाडौँमै छ। पोस्टमार्टमपश्चात चक्रघट्टा ल्याउने प्रयास भइरहेको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनापछि घर लगेर राखिएको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily