Aadarsh-Daily

सिराहामा बलात्कारको आरोपमा एक प्रहरी जवान पक्राउ

ad-4p

सिराहामा बलात्कारको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

content ad p2

इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादवलाई पीडित महिलाले दुई वर्षदेखि विवाहको प्रलोभन देखाएर पटक-पटक बलात्कार गरेको उजुरी दिएपछि हिरासतमा लिइएको हो ।

content left

घटनाले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा पटक-पटक जाहेरी दर्ता गराउन खोज्दा पनि सुनुवाइ नभएको गुनासो गरेकी छन् ।

उनले इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी विष्णु सोतीलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएको आरोप लगाएकी छन् । यद्यपि, डिएसपी सोतीले आफूकहाँ कुनै पनि महिला उजुरी लिएर नआएको भन्दै आरोपको खण्डन गरेका छन् ।

न्यायको खोजीमा पीडित महिला अन्ततः जिल्ला प्रहरी कार्यालय सिराहा पुगिन्, जहाँ उनको उजुरी दर्ता भयो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जवान यादवलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको पुष्टि गरेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily