Aadarsh-Daily

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

ad-4p

पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले एक अर्ब रुपैयाँ लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।

content ad p2

कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’ हरू उत्पादन गर्न आवश्यक उपकरण जडान एवम् परीक्षण गरिहेको तथा आउँदो वैशाखदेखि पूर्ण क्षमतामा काम गरी नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताउनुभयो ।

content left

उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’ बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उहाँले बताउनुभयो ।

उहाँका अनुसार कम्पनीले एक सयभन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि अहिलेसम्म २० प्रकारका औषधि मात्र उत्पादनको अनुमति रहेको छ । यसैबीच कम्पनीमा तीन सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

गएको आर्थिक वर्षमा एक अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको कारोबार गरेको कम्पनीले चालू आर्थिक वर्षमा एक अर्ब ४० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily