Aadarsh-Daily

सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव

ad-4p

जनमत पार्टीको केन्द्रीय कोषाध्यक्ष पदबाट निलम्बित सुरेन्द्र नारायण यादवले केन्द्रीय अध्यक्ष सीके राउतले नै लिएको रकमको हिसाब नदिएको आरोप लगाएका छन् ।

content ad p2

जनमतका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै यादवलाई पार्टीबाट निलम्बन गरेका हुन् । निलम्बनबारे कोषाध्यक्ष सुरेन्द्रनारायण यादवसँग प्रतिक्रिया लिँदा उनले भने, ‘अहिलेसम्म सीके राउतलाई पाँच करोड भन्दा बढी रकम आफूले दिएको छु । तर त्यसको हिसाब किताब माग्दा यस्तो कारबाही गरे ।’

content left

आजदेखि जनमतको केन्द्रीय समितिको बैठक सुरु हुदैछ । बैठकमा मैले यी सबै कुरा उठाउने भनेपछि त्यसको एक दिन अगाडि मलाई कारबाही गरेको उनले आरोप लगाए ।

स्वतन्त्र मधेस गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी यादवको छ । स्पष्टीकरण प्राप्त भएको र त्यसलाई अध्ययन गरेर समयमा जवाफ दिने उनले बताए ।

विगत १६ वर्षदेखि संगठनमा लागेको र पार्टीलाई यहाँसम्म ल्याइ पुर्‍याएको दाबी गर्दै उनले अध्यक्ष राउतले लगाएका सम्पूर्ण आरोप भ्रमपूर्ण र तथ्यहीन रहेको बताए ।

‘यदि त्यस्तो थिएन भने आइतबारदेखि बस्ने बैठकसम्म किन कुर्नुभएन । मलाई बैठकमै स्पष्टीकरण लिँदा हुन्थ्यो, म त्यहीँ सबै कुराको जवाफ दिन्थे तर बैठकबाट वञ्चित गर्नका लागि कारबाही गरियो,’ उनले भने, ‘तैपनि मैले यसको जवाफ चाँडै दिन्छु ।’

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily