Aadarsh-Daily

दुई सय रुपैयाँ जरिवाना नतिरी फरार एक प्रतिवादी बारामा पक्राउ

ad-4p

बारा प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा हाजिर गराएको छ । बारा जिल्ला अदालत कलैयाबाट विभिन्न मुद्दामा दण्ड सजाय तोकिएका दुईजनालाई पक्राउ गरी अदालतमा हाजिर गराएको हो ।

content ad p2
content left

प्रहरीले चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका कलैया उपमहानगरपालिका–१६ का राघव प्रसाद कानुलाई पक्राउ गरी अदालतमा हाजिर गराएको छ ।

त्यस्तै मोटरसाइकल चोरी मुद्दामा दुई सय रुपैयाँ जरिवाना फैसला भएपनि वेवास्ता गरेर फरार रहेका कलैया उपमहानगरपालिका–२१ का नरेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily