Aadarsh-Daily

नर्थ म्यासेडोनियाको रात्रि क्लबमा आगलागी : कम्तीमा ५१ जनाको ज्यान गयो

ad-4p

नर्थ म्यासेडोनियाको एउटा रात्रि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा ५१ जनाको ज्यान गएको छ । आगलागीमा परी एक सय जनाभन्दा धेरै घाइते भएका म्यासेडोनिया सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

content ad p2
content left

राजधानी स्कोपियबाट झन्डै सय किलोमिटर पूर्वमा रहेको कोकानी शहरको पल्स क्लबमा स्थानीय समयअनुसार बिहान ३ बजे आगो फैलिएको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा भवन आगोको लप्काले ढाकिएको देखिन्छ ।

बीबीसीको खबरमा उल्लेख भएअनुसार आगालागीको समयमा क्लबमा म्यासेडोनियाको लोकप्रिय हिप–हप ब्यान्ड एडीएनको कन्सर्टमा आयोजना भइरहेको थियो । कन्सर्टमा झन्डै एक हजार पाँच सय जनाको उपस्थिति रहेको प्रहरीले जनाएको छ ।

आतिशबाजी उपकरणहरूको प्रयोगका कारण आगलागी फैलिएको प्रहरीको अनुमान छ । प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कीले विज्ञप्ति निकालेर धेरै युवाहरूले जीवन गुमाउनु ‘देशका लागि कठिन र धेरै दुखःद दिन’ भएको भन्दै अनुसन्धान भइरहेको बताउनुभएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily