Aadarsh-Daily

यसबर्ष पर्साबाट एसईई परिक्षामा १२ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुदै

ad-4p

वीरगंज- चैत्र ७ गते हुन् लागेको यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा पर्साबाट १२ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुनेभएका छन । शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरि राउतका अनुसार पर्साबाट १२ हजार ६ सय ३६ जना परीक्षार्थी सहभागी हुनलागेका हुन् ।

content ad p2
content left

पर्सामा रहेका १४८ वटा सामुदायिक तथा संस्थागत विद्यालयबाट १२ हजार ६ सय ३७ जना विद्यार्थी एसईईमा सहभागी हुन् लागेका राउतले बताउनुभयो । एसईईका लागि जिल्लाभरीमा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको समेत उहाँले जनाउनुभयो ।

त्यसका लागि २९ जना केन्द्राध्यक्ष र ६९ जना सहायक केन्द्राध्यक्ष तोकिएको छ भने ६ सय २९ जना निरिक्षक, १ सय १४ जना परीक्षा सहायक, दुईसय ४० जना कार्यालय सहयोगी परिचालन गरिने राउतले बताउनुभयो । यस्तै सबै परीक्षाकेन्द्रमा गरी ४ सय ३५ जना प्रहरीपनि खटिने राउतले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily