Aadarsh-Daily

श्री ने.रा.मा.बि डोकैला बहुअरीका शिक्षक मिश्रको बिदाई

ad-4p

पर्सा । श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय डोकैला बहुअरीका शिक्षक नर्मदेश्वर मिश्रको हिजो बिदाई भएको छ।

content ad p2
content left

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुअरीका प्रा.बि द्वितिय तहका शिक्षक नर्मदेश्वर मिश्र ३६बर्ष ११महिना ४ दिन डोकैला बहुअरीको बिधालयमा कार्यरत रहि अन्य बिधालय गरि कुल ४१बर्ष११महिना २दिन सम्म शिक्षण पेशामा कार्यरत रहि विधार्थीहरुलाई पठन -पाठन गराउदै आएका थिए।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुअरीमा हिजोको मितीमा (रिटायर) अवकास पाएपछि सो बिधालयका सम्पूर्ण शिक्षक तथा बिधार्थीहरु भब्यरुपमा स्वागत गरि बिदाई गरेका हुन।

श्री ने. रा.मा. बि. डोकैला बहुअरीका शिक्षक नर्मदेश्वर मिश्रको उच्च सोच र ब्यवहार प्रति आकर्षित भएर बिधालयका कार्यरत सम्पुर्ण शिक्षकहरु उहालाई टिका लगाई दोसल्ला ओढाई उच्च सम्मानका साथ बिदाई गरिएको शिक्षक संजय यादवले बताए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily