
वीरगंज – सामाजिक संस्था रिलिफ सोसाईटी अफ कमर्सले आजदेखि ४ दिनसम्म निशुल्क रुपमा कानको उपचार तथा शल्यक्रिया शिबिर सञ्चालन गर्दै छ ।

रुंगटा वेलफेयर र रिलिफ सोसाईटी अफ कमर्सको आयोजना र ईम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा रुंगटा वेलफेयर कान उपचार केन्द्र गण्डकले कानको उपचार तथा निशुल्क शल्यक्रिया सञ्चालन गर्न लागेको हो ।
शिबिरमा ई.एन टी सर्जन प्रा.डा बिमल कुमार सिंहको संयोजकत्वमा आजदेखि १४ गतेसम्म कानको उपचार तथा निशुल्क शल्यक्रिया हुन् लागेको रिलिफ सोसाईटीले जनाएको छ ।
रिफिल सोसाईटीको ठाकुरराम क्याम्पस पछाडीको भवनबाट आज बिहान ८ बजेदेखि भोलिसम्म कानको उपचार तथा परिक्षण हुने छ भने १२ गतेदेखि १४ गतेसम्म ईम्प्याक्ट नेपाल रुंगटा कान उपचार केन्द्र गण्डकमा निशुल्क शल्यक्रिया हुने छ ।

