Aadarsh-Daily

कक्षा १२ को परिक्षालाई मध्यनजर गरी ओमप्रकाश सरले निशुल्क तयारी कक्षा सञ्चालन गर्ने

ad-4p

यहि बैशाख ११ गतेदेखि सुरु हुनलागेको कक्षा १२ को परिक्षालाई मध्यनजर गरी वीरगंजका ओमप्रकाश पटेल अविरल सरले नि:शुल्क तयारी कक्षा सञ्चालन गर्न लाग्नुभएको छ ।

content ad p2

उहाँले चैत्र १२ गतेदेखि एक महिनासम्मको लागी कक्षा १२ का नेपाली बिषयको नि:शुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्न लागेको बताउनुभएको हो ।

content left

एक महिनासम्म साँझको ५ बजेदेखि ५:४५ बजेसम्म जूम मार्फत एक महिना नेपाली बिषयको अनलाईन निशुल्क तयारी कक्षा गराउने रेडियो सान्भीलाई जानकारी गराउनुभयो ।

उहाँले पोहर साल पनि एसईई परिक्षालाई मध्यनजर गरी कक्षा १० को समेत निशुल्क तयारी कक्षा सञ्चालन गर्नुभएको थियो । तर यसबर्ष प्राविधिक कारणले सञ्चालन गर्न नसकेको बताउनुभयो ।

उहाँले सञ्चालन गर्नु हुने निशुल्क तयारी कक्षाबाट खास गरी आर्थिक अवस्था कमजोर भएको तर पनि पढ्न चाहने जेहनदार , गरिब , दलित र बिपन्न बर्गका विद्यार्थी बढी लाभान्वित हुने गरेका हुन्छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily