Aadarsh-Daily

आजदेखि चैते छठ सुरु : नुहाए खाए बिधि सम्पन्न

ad-4p

आज मंगलबारदेखि चैते छठ सुरु भएको छ । आज पहिलो दिन ब्रतालुहरुले नुहाए खाए बिधि सम्पन्न गरेका छन । बिहान नजिकैको जलासयमा ब्रतालुहरुले नुहाए घरमा बनाईएको सुद्ध साकाहारी खाना खाएका छन ।

content ad p2

यसैगरी भोलि दिन भर ब्रतालुहरु निरहार बस्ने र साझँ पख माटोको चुल्हामा अर्वा चामल , दुद्ध , सखर मिलाई बनाईएको खिर छठी माता लाई चढाएर सब परिवार ग्रहण गर्ने गर्छन यसलाई तराई मधेशमा रसियाव रोटि भनिन्छ ।

content left

तेस्रो दिन ब्रतालु दिन भर उपबास बस्ने र साँझ बासको चोयाले बनाईएको दउरा , नांग्लो , माटोको भाडामा ठेकुवा , भुसुवा , ऋतु अनुसारको फलफुल राखेर सलासय नजिक बनाईएको छठीघाटमा गएर असताउदै गरेको सुर्यलाई अर्घ दिने गर्छन । यसलाई तराइ मधेशमा सझियाको घाटे भन्छन । फेरी ब्रतालुहरु रातभर उपासन नै हुन्छन ।

त्यसको भोलि पल्ट ब्रतालुले बिहानै त्यहि पुजापाठका बस्तु लिएर छठीघाटमा पुग्छन र उदाउदै गरेको सुर्यलाई अर्घ दिए संगै छठ सम्पन्न हुन्छ ।

३६ घण्टाको निरहार ब्रत कठिन हुन्छ तर पनि ब्रतालुहरु निष्ठा, बिस्वास , आस्थाका साथ छठी माता र सुर्य भगवानको पुजा आरधना गर्ने गर्दछन ।
यसबर्षको चैते छठ शुक्रबार सकिने छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily