Aadarsh-Daily

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

ad-4p

मेडिकल राहतसहित नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान गरेको छ । गएको शुक्रवार आएको भूकम्पका कारण भएको व्यापक जनधनको क्षतिपछि नेपाल सरकारको निर्णय बमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली आज म्यानमार प्रस्थान गरेको हो ।

content ad p2
content left

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टोली, चार जना बन्दोबस्ती सहायता टोली, ६ जना चालक दलका सदस्यसहित सेनाको सीएन–२३५ कासा विमानमार्फत म्यानमार प्रस्थान गरेको छ ।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवम् उपकरणसहित टोलीमा सर्जन, अर्थाेपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न छन् । यो टोलीले झन्डै एक हप्ता भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने सेनाले जनाएको छ ।

म्यानमारको राजधानी नापिडो आसपास केन्द्रविन्दु बनाई गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म दुई हजार जनाभन्दा धेरैको ज्यान गएको छ । यस्तै भूकम्पबाट तीन हजार जनाभन्दा धेरै घाइते भएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily