Aadarsh-Daily

सेनिटरी प्याड खरिदमा भ्रष्टचार : कलैया उपमहानगरका तत्कालीन प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा

ad-4p

बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

content ad p2
content left

मुद्दा लाग्नेहरुमा कलैयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ तथा सेनिटरी प्याड खरिदको ठेक्का पाएकाे सागरदेवी फर्माका सञ्चालक बिमलेश साह छन् ।

आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का लागि मिलेमतोमा महँगोमा मूल्य कायम गरेर प्याड खरिद गरेको अनुसन्धानबाट पुष्टि भएपछि अख्तियारले ५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरीवाना माग दाबी गर्दै प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सागरदेवी फर्माका सञ्चालक साहसँग मिलेमतोमा २४ रुपैयाँ प्रतिप्याकेटको प्याडलाई ७८ रुपैयाँ कायम गरी खरिद गरेको भेटिएपछि संलग्न प्रतिवादीविरुद्ध मुद्दा दायर भएको हो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily