Aadarsh-Daily

उपमेयर कुशवाहाको सहयोगमा आँखा शिविर सम्पन्न

ad-4p

पर्साको बहुदरमाई नगरपालिकाकी उपमेयर सुष्मा कुशवाहाको सहयोगमा नगरपालिका दुई दिने आँखा चेकजाँच शिविर सञ्चालन भएको छ ।

content ad p2

नारायणी आँखा अस्पताल प्रालि, वीरगन्जले आयोजना गरेको नगरस्तरीय निःशुल्क आँखा शिविरको आज पहिलो दिन दुई सय जनाको चेकजाँच गरी सम्पन्न भएको ।

शिविरको पहिलो दिन आज बहुदरमाई नगरपालिकाको वडा नं ५ स्थित रहेको श्री नेपाल राष्ट्रिय सिताराम महतो माध्यमिक विद्यालय , भौराटारमा सञ्चालन भएको थियो भने शिविरको दोस्रो दिन भोली शुक्रबार श्री नागरदहा स्वास्थ्य चौकी-३ , मा आयोजना हुनेछ।

content left

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने शिविरमा मोतिया बिन्दुका बिरामीहरूका लागि निःशुल्क अप्रेशनको व्यवस्था पनि गरिएको छ।

शिविरको पहिलो दिन दुई सय जनाको चेकजाँचमा ३२ जनामा मोतियाबिन्दु फेला परेको र उनीहरूको अप्रेशन अति आवश्यक रहेको अस्पतालले जनाएको छ ।

शिविरको सम्पूर्ण व्यवस्थापन उपमेयर कुशवाहाको सहयोगमा नगरपालिकाको नगरस्तरीय बजेटबाट गरिएको छ। उपमेयर कुशवाहाका अनुसार शिविरमा सहभागी बिरामीहरूको खाना, खाजा लगायत सम्पूर्ण व्यवस्था निःशुल्क रहेको छ ।

यस्ता स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उपमेयर कुशवाहाले प्रतिबद्धता जनाइन्।

स्थानीय बासिन्दाहरूले यस्ता शिविरले ग्रामीण क्षेत्रका मानिसहरूलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाएको भन्दै आयोजक र नगरपालिकाको प्रशंसा गरेका छन्। यो शिविरले आर्थिक रूपमा विपन्न र आँखासम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूलाई ठूलो राहत प्रदान गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily