Aadarsh-Daily

प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाण्डौ लग्यो

ad-4p

गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीलाई पक्राउ गरी काठमाण्डौ ल्याएको छ । भारतको असाममा पक्राउ परेका प्रसाईंलाई प्रहरीले झापाबाट विमानमार्फत काठमाण्डौ ल्याएको हो ।

content ad p2

राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै निजी तथा सरकारी भवन, कार्यालय तथा गाडीमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईंको खोजी गरिरहेको थियो ।

content left

नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले विज्ञप्ति निकालेर प्रसाईंलाई झापामा पक्राउ गरिएको जानकारी दिनुभएको छ । विज्ञप्तिमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाईं र प्रसाईंका अङ्गरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरेको उल्लेख छ ।

प्रसाईंलाई भारतको असमबाट काँकडभिट्टा हुँदै ल्याउँदाको गाडीसमेत देखिने भिडिओ सार्वजनिक भए पनि प्रहरीले किन झापाबाट पक्राउ गरेको भनिरहेको छ भन्दै धेरैले प्रश्न गरेका छन् । प्रहरी प्रवक्ता आचार्यले भने आफूहरूको क्षेत्राधिकार नेपालमा मात्रै रहेको र अरू देशमा पक्राउ परेको भन्ने केही नरहेको बताउनुभयो ।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण दुवै देशले छिमेकी देशमा कसूर गरेर आफ्नो देशमा पक्राउ परेका अभियुक्त वा कसूरदारलाई गुपचुप बुझाउने गरेका छन् । नेपाल प्रहरीका भूतपूर्व नायब महानिरीक्षक हेमन्त मल्ल दुई देशबीच अपराधमा संलग्न व्यक्ति आदानप्रदानसम्बन्धी सुपुर्दगी सन्धि नभएका कारण लामो समयदेखि प्रहरीले अर्को देशभित्र पक्राउ परेका व्यक्तिलाई सीमा क्षेत्रमा पक्राउ गरेको भन्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

कतिपय अपराधी खोज्न नेपाल प्रहरीको टोली भारत गए पनि त्यस्तो सहकार्य प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलबाट हुने गरेको छ । नेपालको प्रहरीले आधिकारिक पक्राउ नेपालको क्षेत्रलाई नै मान्छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily