Aadarsh-Daily

दुई पक्षबीच झडप भएपछि वीरगञ्जमा आज १२ बजेसम्म ‘कर्फ्यू’

ad-4p

पर्साको वीरगञ्जमा दुई पक्षबीच झडप भएपछि ‘कर्फ्यू’ लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी साढे ७ बजेदेखि आज दिनको १२ बजेसम्मका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको हो ।

content ad p2
content left

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि ‘कर्फ्यू’ आदेश जारी गरिएको बताउनुभयो । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म ‘कर्फ्यू’ आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म तथा दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म ‘कर्फ्यू’ आदेश कायम रहने प्रशासनले जनाएको छ ।

यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले दुई राउन्ड हवाईफायर र केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा केही प्रहरी घाइते भएका छन् ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily