Aadarsh-Daily

धार्मिक द्वन्दका कारण अशान्त वीरगंज सामान्य हुँदै

ad-4p

वीरगञ्ज महानगरपालिका क्षेत्रमा हनुमान जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीचको विवादले गएको शनिवारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ ।

content ad p2

वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीयवासीको सहयोग एवम् सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो ।

content left

बुधवारको सर्वदलीय बैठक, देशका उच्च पदस्थ एवम् प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक सङ्घ–संस्था, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत नागरिक समाज र अन्य क्षेत्रले वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्ति सुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

वीरगञ्जलाई गएको चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उहाँले सोमवारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिनुभयो ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily