Aadarsh-Daily

इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे

ad-4p

इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा विस्फोट हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या कम्तीमा २५ पुगेकाे छ । दक्षिणी इरानको शाहिद रजाई बन्दरगाह, बन्दर अब्बास नजिकै हिजो विस्फोट भएको हो ।

content ad p2
content left

विस्फोटमा ८ सय जना घाइते भएका छन् भने आगो अझै लागिरहेको विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय बासिन्दाहरूले विस्फोटको असर ५० किलोमिटर टाढासम्म महसूस भएको बताएका छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार अझै ६ जना बेपत्ता छन् । बीबीसीले प्रमाणित गरेका भिडियोहरूमा आगो बढ्दै गएर ठूलो विस्फोट भएको देखिन्छ, जसपछि मानिसहरू डराएर भागिरहेका र कतिपय घाइते अवस्थामा धूँवाले ढाकिएको र सडकमा लडिरहेका छन् ।

बन्दरगाहको भन्सार कार्यालयले टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily