Aadarsh-Daily

मालपोत कार्यालय पोखरियाद्वारा दुई महिनामा ५८ लाख भन्दा बढी राजस्व संकलन

ad-4p

वीरगंज – पर्साको पोखरियामा गत फागुन १५ गत स्थापना भएको मालपोत कार्यालयले बैशाख १४ गतेसम्म अर्थात दुई महिनामा ५८ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।

content ad p2
content left

मालपोत कार्यालय पोखरियाका सुचना अधिकारि रामरेखा चौरसियाका अनुसार दुई महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपैया राजस्व संकलन भएको हो । चौसियाले १४ सँसोधन फाईल, ५१ दाखील खारिज फाईल,४७ हाल साविक फाईल, ७८ नामसारी फाईल गरी जम्मा १९० फाईलको काम सम्पन्न समेत भएको बताउनुभएको छ ।

१९० वटा फाईलको काम सम्पन्न वाप्त मालपोत कार्यालय पोखरियाले ६ लाख ७५ हजार ५ सय राजस्व सँकलन गरेको उहाँले जानकारी गराउनुभयो ।

लिखत संख्या ५५३ फाईलबाट फाल्गुन महिनामा ९ लाख ६३ हजार ९ सय ७८ रुपैया, चैत्र महिनामा २० लाख ६९ हजार ४ सय ८२ रुपैया , बैसाख महिनाको १४ गते सम्म १५ लाख ५ सय रुपैया , डिस्ट्रीकबन्धक रोका सँखया ४४९ फाईल बाट ६ लाख ५ हजार राजस्व सँकलन भएको सुचना अधिकारि चौरसियाले बताउनुभयो ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily