Aadarsh-Daily

सर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

ad-4p

सर्लाही प्रहरीले पर्सा गाउँपालिका–२ स्थित रवी होटलबाट हतियार र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय, सर्लाही मलंगवाबाट जारी गरिएको प्रेस नोट अनुसार, होटलमा हतियारसहित मानिस बसेको विशेष सूचनाका आधारमा प्रहरी चौकी नारायणपुरबाट प्रहरी सहायक निरीक्षक किशोरी यादवको नेतृत्वमा खटिएको टोलीले उक्त युवकलाई पक्राउ गरेको हो।

content left

पक्राउ परेका व्यक्ति पर्सा गाउँपालिका–४ निवासी २३ वर्षीय दीपक साह हुन्। उनको शरीरबाट एकथान कटुवा पेस्तोल र सोमा प्रयोग हुने एकथान गोली बरामद गरिएको प्रहरीको भनाइ छ।

दीपक साहलाई हाल अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीको हिरासतमा राखिएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिएका छन्।

प्रहरीले यस घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily