Aadarsh-Daily

काश्मीर आक्रमणपछि भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा

ad-4p

गएको महिना काश्मीरको भारतीय नियन्त्रित भाग पहलगाममा पर्यटकहरूमाथि भएको आतङ्कवादी आक्रमणपछि इस्लामाबाद र नयाँ दिल्लीबीचको तनावमा मध्यस्थता गर्ने प्रयास गर्न इरानका विदेशमन्त्री पाकिस्तान पुग्नुभएको छ ।

content ad p2

इरानका विदेशमन्त्री अब्बास अराघचीको भ्रमण विवादित काश्मीर क्षेत्रमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि तनाव बढेदेखि कुनै पनि विदेशी प्रतिष्ठित व्यक्तिको पहिलो भ्रमण रहेको पाकिस्तानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै एपीले जनाएको छ । यो भ्रमण इरानले आणविक सशस्त्र छिमेकीहरूबीचको तनाव कम गर्न मद्दत गर्ने प्रस्ताव गरेको केही दिनपछि भएको हो ।

content left

इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण गरेपछि वरिष्ठ पाकिस्तानी अधिकारीहरूले अराघचीलाई स्वागत गरेका थिए । उहाँले आफ्ना पाकिस्तानी समकक्षी इशाक डार, राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शाहबाज शरिफलाई भेट्ने मन्त्रालयले जनाएको छ ।

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले पहलगाममा भएको आक्रमणको प्रतिक्रियामा भारतले पाकिस्तानमा आक्रमण गर्नसक्ने विश्वसनीय खुफिया जानकारी इस्लामाबादसँग रहेको बताएपछि गएको हप्तादेखि पाकिस्तानी सशस्त्र सेना उच्च सतर्कतामा रहेको छ ।

पाकिस्तानले आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ र विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धान गर्न प्रस्ताव गरेको छ । भारतले अहिलेसम्म यो प्रस्ताव स्वीकार गरेको छैन ।

अमेरिकाका अधिकारीहरूसहित धेरै विश्व नेताले दुवै पक्षलाई संयम अपनाउन र थप तनावबाट बच्न आग्रह गरेका छन् ।

 

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily