Aadarsh-Daily

भारतीय आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसूद परिवारका १४ जना मारिए

ad-4p

भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा अतिवादी संगठन जैश–ए–मोहम्मद संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएका छन्।

content ad p2

जैश–ए–मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गर्दै मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरीको मृत्यु भएको जनाएको छ।

जैश–ए–मोहम्मदले मसूद अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीमध्ये एककी आमा आक्रमणमा मारिएको उल्लेख गरेको छ।

content left

विज्ञप्ति अनुसार पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तहरूको मृत्यु भएको छ।

फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो। जसमा ४० सैनिक मारिएको बीबीसीले जनाएको छ।

भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले भारतीय सशस्त्र बलले राति १ः०५ देखि १ः३० बजेको बीचमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको बताइन्।

उनले भनिन्,‘यो अपरेशन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाको शिकार भएका निर्दोष नागरिक र उनीहरूका परिवारलाई न्याय प्रदान गर्न सुरु गरिएको हो। यस अपरेशनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्ण रूपमा ध्वस्त पारिएको छ।’

पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारण मारिएको र ४६ जना घाइते भएको बताएको छ। भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily