Aadarsh-Daily

सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद

ad-4p

सर्लाहीको बलरा नगरपालिका–२ जमुनियामा प्रहरीले एक भारतीय नागरिकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा उक्त व्यक्ति सँग नक्कली नोट फेला परेको हो ।

content ad p2
content left

छन्कीटोला स्थित प्रहरी चौकीबाट खटिएको टोलीले साँझ भारत तर्फबाट आइरहेको BR 30 AE 8363 नम्बरको मोटरसाइकललाई शंका लागेर रोकेको थियो । मोटरसाइकल चलाइरहेका व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका–९ निवासी ३४ वर्षीय विश्वनाथ साह रहेको खुलेको छ ।

चेकजाँच गर्दा साहको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । साथै, नेपाली रुपैयाँ ४ हजार ५ सय ९० र भारतीय रुपैयाँ ६ हजार ३ सय ४५ पनि फेला परेको थियो ।

साहलाई नक्कली र सक्कली नोट तथा मोटरसाइकल सहित नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस घटनाले सीमावर्ती क्षेत्रमा नक्कली नोटको ओसारपसार अझै सक्रिय रहेको संकेत गरेको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily