Aadarsh-Daily

भारतका विभिन्न ठाउँमा पाकिस्तानको ड्रोन आक्रमण, सीमावर्ती क्षेत्रहरुमा ब्ल्याक आउट

ad-4p

पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् ।

content ad p2

पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । तर भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ ।

पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट एअरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान पनि भइरहेको छ ।

नियन्त्रण रेखा एलओसी नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानले गोलाबारी गरेको भारतीय पक्षको दाबी छ ।

content left

यस्तै भारत प्रशासित कश्मीरको जम्मू शहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जम्मूमा रहेको विमानस्थलमा विस्फोटहरू भएको तर क्षतिबारे कुनै विवरण सार्वजनिक नभएको खबरमा उल्लेख छ ।

भारत–पाकिस्तान तनावबीच भारतका कयौं क्षेत्रमा ब्ल्याक आउट गरिएको छ । जम्मू–कश्मीरका जम्मू, उधमपुर, किश्तवाड, अखनूर, साम्बा, श्रीनगर र अनन्तनागमा ब्ल्याक आउट भएको छ ।

यस्तै राजस्थानको बाडमेर, बिकानेर र श्रीगंगानगर तथा पन्जाबको चण्डीगढ, जालन्धर, अमृतसर, होशियारपुर, गुरदासपुर र पठानकोटमा विद्युत आपूर्ति बन्द भएको छ । यस्तै गुजरातको भुज, कच्छ क्षेत्रमा पनि बिजुली छैन ।

भारतले गएको मङ्गलवाररातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ ।

२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणको बदला लिन भन्दै भारतीय सेनाले पाकिस्तानका ९ नौ ठाउँमा आक्रमण गरेको थियो ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily