Aadarsh-Daily

भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी–सेभेन देशको आग्रह

ad-4p

जी–सेभेन देशहरूले भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । दुई देशबीच तनाव बढिरहेको बेला जी–सेभेन देशहरूले दुवैलाई संयम बन्न र कूटनीतिक समाधान खोज्न अपिल गरेका हुन् । शान्तिका लागि एकआपसमा वार्ता र समझदारी कायम गर्न जी–सेभेनको जोड छ ।

content ad p2

अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतले जम्मू–कश्मीरको पहलगाममा गएको अप्रिल २२ तारिखमा पर्यटकमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले सैन्य तनाव क्षेत्रीय स्थायित्वका लागि गम्भीर खतरा रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ ।

content left

भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले जवाफी कारबाही थालेको छ । पाकिस्तानी सेनाले भारतविरुद्ध बदला लिने उद्देश्यले प्रतिआक्रमण शुरू गरेको बताएको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभागले यसलाई ‘बुनयान–उल–मरसूस’ को नाम दिएको छ ।

यसैबीच जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक सरकारी अधिकारीको ज्यान गएको जानकारी दिनुभएको छ ।

राजौरी शहरमा पाकिस्तानको तर्फबाट गोलाबारी भएको र अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको निधन भएको उहाँले पुष्टि गर्नुभएको छ ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily