Aadarsh-Daily

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

ad-4p

कैलालीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । चुरे गाउँपालिका–४ की एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।

content ad p2
content left

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मानसिक अवस्था अस्वस्थ भएकी किशोरीमाथि दुई जनाले करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार पीडित किशोरी गर्भवती रहेको पाइएको छ । स्वास्थ्य परीक्षणका क्रममा करिब २४ हप्ताको गर्भ रहेको पुष्टि भएपछि घटना बाहिर आएको हो ।

किशोरीले किटानी गरी दिएको विवरणका आधारमा दुई जनालाई पक्राउ गरिएको हो । अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको र दोषी को हुन् भन्ने विषयमा थप प्रमाण सङ्कलन भइरहेको समेत बताउनुभयो ।

पीडितको सुरक्षाका लागि र अनुसन्धान प्रभावित नहोस् भनेर आरोपितहरूका नाम हाल सार्वजनिक नगरिएको बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily