Aadarsh-Daily

अमेरिकी राष्ट्रपति ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी जाँदै

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी अरबको रियाद जाँदै हुनुहुन्छ । ह्वाइट हाउसले ट्रम्पले ‘मध्यपूर्वमा ऐतिहासिक पुनरागमन’ गरिरहेका जनाएको छ ।

content ad p2

यसअघि पोप फ्रान्सिसको निधनपछि अन्तिम संस्कारमा सामेल हुन ट्रम्प भ्याटिकन पुग्नुभएको थियो । तर राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

content left

उहाँले साउदी, कतार र यूएईको भ्रमण गर्न लाग्नुभएको छ । भ्रमण आपसी सम्बन्धलाई थप सुदृढ पार्ने र ठूला महत्त्वपूर्ण आर्थिक सम्झौतामा केन्द्रित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रोयर्टसका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प पर्सि बिहीवार टर्कीमा हुन लागेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको बैठकका लागि टर्की जान सक्ने सम्भावना छ ।

साउदी अरबले अमेरिका, रुस र युक्रेनबीच प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ । गएको फ्रेब्रुअरीमा अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त्य गर्नेबारे रियादमा उच्चस्तरीय बैठक भएको थियो । तर त्यो बैठकमा युक्रेनलाई संलग्न गराइएको थिएन ।

सम्बन्धित खबर

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily