
बहुदरमाई, जेष्ठ १४ – बहुदरमाई नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ का लागि विशेष नगर सभा आज मिति २०८२ साल जेष्ठ १४ गते, बुधबारका दिन सम्पन्न भएको छ।

नगर प्रमुख श्री सिंगासन साह तेलीको अध्यक्षतामा बसेको उक्त विशेष नगर सभामा नगर उप–प्रमुख श्रीमती सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत श्री अजय कुमार श्रीवास्तव, नगर सभा सदस्यहरू, नगरपालिका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट, कार्यक्रम तथा नीतिहरूमा छलफल गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले आगामी वर्षमा नगर विकास, सेवा प्रवाह र नागरिक सहभागिता अझ सशक्त बनाउने प्रतिवद्धता जनाएका थिए।

