Aadarsh-Daily

आज बजेट सार्वजनिक हुँदै : साना आयोजना कटौती, तलब–भत्ता बढ्ने संकेत

ad-4p

सरकारले आज दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

content ad p2

राष्ट्रिय योजना आयोगअन्तर्गत स्रोत अनुमान समितिले १९ खर्ब ६५ अर्ब रूपैयाँको सीमा तोकेको छ, र बजेट पनि यही हाराहारीमा रहनेछ। चालू वर्षको घटाइएको १६ खर्ब ९२ अर्बको तुलनामा यो बजेट विस्तार हुने देखिन्छ।

content left

नयाँभन्दा पुराना अधुरा योजना पूरा गर्न प्राथमिकता दिइने र तीन करोड रुपैयाँभन्दा कमका आयोजना बजेटमा नराखिने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ।

वृद्धभत्ता पाउने उमेर बढाउने, सरकारी कर्मचारीको तलब समायोजन गर्ने, र कर संरचनामा हेरफेर गर्ने तयारी पनि बजेटमा समेटिनेछ। विद्युतीय सेवा र गाडीमा कर समायोजन, आयकर र पुँजीगत लाभकरमा समेत परिवर्तनको सम्भावना छ।

बजेट भाषणअघि चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण र पछि विनियोजन, अर्थसम्बन्धी र ऋणसम्बन्धी विधेयकहरू संसदमा प्रस्तुत गरिनेछ। विपक्षीको अवरोधबीच पनि बजेट प्रस्तुतिमा सहमति भएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily