Aadarsh-Daily

कृषिमा ५७ अर्ब ४८ करोडको बजेट, उत्पादन वृद्धिमा जोड

ad-4p

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कृषिक्षेत्रमा ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

content ad p2

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रमा उत्पादन वृद्धि, मूल्य श्रृङ्खला विस्तार र खाद्य सुरक्षालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।

सरकारले सिँचाइ, आधुनिक प्रविधिको प्रयोग, बीउ विजन सुधार, र बजारीकरण प्रणालीलाई सबल बनाउने गरी कार्यक्रम अघि सारेको छ।

content left

त्यस्तै, कृषक परिचयपत्र कार्यक्रमलाई तीव्र बनाउँदै सहुलियतपूर्ण कृषि ऋण, बीमा, र अनुदान प्रणालीलाई थप सशक्त बनाइनेछ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, आयात प्रतिस्थापन गर्ने र कृषि क्षेत्रलाई रोजगारीमुखी बनाउने लक्ष्य बजेटमा समेटिएको छ।

तर, अघिल्ला वर्षहरूमा कृषि बजेटको प्रभावकारिता र खर्च क्षमतामाथि उठेका प्रश्नहरू अझै अनुत्तरित छन्।

नीति र लगानीबीचको अन्तर हटाएर कार्यान्वयनमा सुधार ल्याउन सकिएन भने कृषि क्षेत्रको रूपान्तरण सम्भव छैन, भन्ने विश्लेषकहरूको चेतावनी छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily