Aadarsh-Daily

रौतहटमा नवविवाहित महिला मृत फेला, माईती पक्षद्वारा हत्याको आरोप

ad-4p

रौतहटको कटहरिया नगरपालिका–१, भसेरवामा एक नवविवाहित महिला आल्का यादव घरमै मृत अवस्थामा फेला परेकी छन्। इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार घटना मंगलबार साँझ करिब ७ बजे घटेको हो।

content ad p2

विजयपुर नगरपालिका–९, बडहरवा निवासी स्व. रामनारायण यादवकी छोरी आल्काको परिवारका अनुसार, उनलाई श्रीमान् र ससुराल पक्षका सदस्यहरूले मिलेर कुटपिट गरी घाटी च्यापेर हत्या गरेका हुन्।

content left

घटनापछि श्रीमान् अन्दाजी २६ वर्षीय अंकेश यादव फरार रहेका छन् भने ससुरा पुकार राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको कटहरियाका वरिष्ठ सई विनोद राना मगरले जानकारी दिएका छन्।

पीडित आल्का विवाहपछि श्रीमान्को घरमा बस्दै आएकी थिइन्। शवलाई पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोश फैलाएको छ। महिलामाथिको हिंसा र घरेलु अत्याचारका दृष्टिले यो घटना गम्भीर र जघन्य अपराधका रूपमा हेरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily