Aadarsh-Daily

बेङ्गलुरुमा भएको भागदौड घटनामा आरसीबीका कर्मचारीसहित ३ जना पक्राउ

ad-4p

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को विजेता रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) को उत्सवका क्रममा भागदौड भएको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

content ad p2
content left

आरसीबी व्यवस्थापन टोलीका निखिल सोसले तथा डीएनए इन्टरटेनमेन्ट नेटवर्कका कर्मचारी किरण कुमार र सुनिल म्याथ्युलाई बेङ्गलोर प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस प्रकरणमा अझै धेरै पक्राउ पर्ने एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । पक्राउ परेकाहरूमाथि निःशुल्क पासको घोषणा गरेर भीड जम्मा गरेको आरोप छ ।

आरसीबीले १८ वर्षपछि पहिलो पटक आईपीएल जितेको खुशीमा भएको उत्सवका क्रममा चिन्नास्वामी रङ्गशालाबाहिर भएको भागदौडमा ११ जनाको ज्यान गएको थियो । यस्तै भागदौड घटनामा अन्य ५६ जना घाइते भएका थिए ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily