Aadarsh-Daily

आज असार १५ गते, देशभर ‘राष्ट्रिय धान दिवस’ धुमधामका साथ मनाइँदै

ad-4p

आज असार १५ गते, देशभर ‘राष्ट्रिय धान दिवस’ धुमधामका साथ मनाइँदैछ। कृषि प्रधान देश नेपालमा यो दिन विशेष महत्वका साथ मनाइन्छ, जहाँ किसान खेतमा हिलो खेल्दै धान रोप्छन् भने दही चिउरा खाएर शारीरिक शक्ति र सांस्कृतिक पहिचान दुबैको सम्मान गरिन्छ।

content ad p2

२०६२ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको राष्ट्रिय धान दिवसको अवसरमा आज देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना भइरहेका छन्। असारे भाकामा लोकगीत गाउने, खेतमै हिलोमा रमाउँदै रोपाइँ गर्ने, अनि गाउँ–शहरदेखि राजधानीसम्म दही चिउरा खाने परम्पराले आजको दिनलाई उल्लासपूर्ण बनाएको छ।

content left

धान रोपाइँको चटारो र मलको समस्या
यसवर्ष असार मध्यसम्म पर्याप्त वर्षा नहुँदा कतिपय स्थानमा अपेक्षित रोपाइँ हुन नसकेको किसानको गुनासो छ। साथै, केही ठाउँमा रासायनिक मलको अभावले पनि समस्या उत्पन्न भएको छ। यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने देशभर पर्याप्त मलको मौज्दात रहेको दाबी गरेको छ।

दही चिउरा : स्वाद मात्रै होइन, स्वास्थ्य पनि
असार १५ मा खाइने दही चिउरा स्वादको मात्र कुरा होइन, यसले शरीरमा शीतलता ल्याउने, शक्ति सञ्चय गराउने र पाचनशक्तिलाई सुदृढ बनाउने आयुर्वेदिक मान्यता रहेको छ। पखाला लगायतका स्वास्थ्य समस्यामा पनि दही चिउरा उपयोगी मानिन्छ। दहीलाई शुभ कार्यको प्रतीकका रूपमा पनि प्रयोग गरिन्छ, जसअनुसार नयाँ काम सुरु गर्नु अघि दही अक्षता मुछेर निधारमा टीका लगाउने परम्परा नेपाली समाजमा गहिरो रूपमा जरा गाडेको छ।

कृषि र संस्कृति सँगसँगै
धान दिवस नेपाली किसानको मेहनतको सम्मान मात्र नभई, हाम्रो मौलिक कृषि संस्कृतिको उत्सव हो। खेतको हिलो र लोकसङ्गीतसँगै दही चिउराले यो दिनलाई विशेष बनाउँछ। चाहे खेतीपातीमा होस् वा अन्य पेसामा, असार १५ को दही चिउरा पर्वले सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने काम गर्दै आएको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily