Aadarsh-Daily

कृषिमन्त्री क्षेत्रीको उपस्थितिमा सपहीमा राष्ट्रिय धान दिवस धुमधामसँग सम्पन्न

ad-4p

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले आज बाराको कोल्हवी नगरपालिका–४, सपहीमा २२ औं राष्ट्रिय धान दिवसको उद्घाटन गरेका छन्। सपहीस्थित एक किसानको खेतमा आयोजित कार्यक्रममा मन्त्री क्षेत्रीसहित उच्चपदस्थ अधिकारी र किसानहरूले संयुक्त रूपमा धान रोपेर दिवस मनाएका हुन्।

content ad p2
content left

साना किसान कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा कृषि विकास निर्देशनालयले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव डा. उमेश दाहाल, निर्देशक जितेन्द्र यादव, महाशाखा प्रमुख डा. सरोज चौधरी, कोल्हवी नगर प्रमुख रामप्रसाद चौधरी, कृषि ज्ञान केन्द्र पर्सा र बाराका प्रमुख, सहकारी संस्थाका प्रतिनिधि र स्थानीय किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमकै अवसरमा मन्त्री क्षेत्रीले कोल्हवी–४ मा मधेस प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको धान भण्डारण गोदाम र धानको बीउ प्रशोधन गर्ने उपकरणको समेत उद्घाटन गरेका छन्।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily