Aadarsh-Daily

सीमावर्ती क्षेत्र फेरि बनेन मानव बेचबिखनको अखडा, पर्साबाट एक जना पक्राउ

ad-4p

जिल्लाको सीमावर्ती क्षेत्र फेरि एकपटक मानव बेचबिखन र यौन शोषणको अखडाका रूपमा उभिएको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय, पर्साले सोमबार दिउँसो विशेष सूचनाका आधारमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक युवकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उप–महानगरपालिका–१२ का २९ वर्षीय पवन कुमार साह रहेका छन्।

प्रहरीका अनुसार साहलाई वीरगञ्ज महानगरपालिका–१५ अन्तर्गतको भिष्वा क्षेत्रबाट पक्राउ गरिएको हो।

content left

उनी भारतबाट ल्याइएका दुई युवतीलाई प्रलोभनमा पारेर वीरगञ्जका विभिन्न होटल तथा लजहरूमा वेश्यावृत्तिमा संलग्न गराउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

खाना र पैसाको लोभ देखाएर युवतीहरूलाई यौनशोषणमा धकेलिएको र त्यहाँबाट आएको आम्दानी आफैंले राख्ने गरेको आरोप प्रहरीले लगाएको छ।

घटनामा संलग्न रहेका युवतीहरूको नाम गोप्य राखिएको छ। तर उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए।

उनका अनुसार, पक्राऊमा परेका साहमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमतिसहित अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीले सीमावर्ती क्षेत्रमा यस्ता आपराधिक क्रियाकलाप रोक्न निगरानी थप कडा बनाएको जनाएको छ। यस घटनाले सीमावर्ती क्षेत्रमा मानव तस्करी, यौन शोषण र संगठित अपराधको जोखिम अझै गम्भीर रहेको संकेत दिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily