Aadarsh-Daily

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

ad-4p

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रदान हुँदै आएका सरकारी सेवासुविधा फिर्ता गरेकी छन्।

content ad p2
content left

उनले आज मिति (असार १८ गते) बाटै लागू हुनेगरी सबै सेवासुविधा फिर्ता गर्ने निर्णय गरेकी हुन्। पूर्वराष्ट्रपतिले पाउने सवारी, सुरक्षाकर्मी, आवास, सञ्चारलगायतका सम्पूर्ण सुविधा अबदेखि नलिने गरी गृह मन्त्रालयमा औपचारिक रूपमा निवेदन पेश गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारी निकट स्रोतका अनुसार, उनले सेवा–सुविधा आवश्यक नरहेको भन्दै स्वेच्छाले फिर्ता गर्ने निर्णय लिएको जनाइएको छ। गृह मन्त्रालयले निवेदन प्राप्त भइसकेको र औपचारिक प्रक्रिया अनुसार सेवा फिर्ता कार्यान्वयनमा ल्याइने जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily