Aadarsh-Daily

कलैयामा श्रीमानद्वारा श्रीमतीको दाउ प्रहार गरी हत्या

ad-4p

बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने मुलादिन मियाँका ३५ वर्षीय छोरा बच्चा मियाँले आफ्नै श्रीमती २३ वर्षीया सहिना खातुनको दाउ प्रहार गरी हत्या गरेका छन्।

content ad p2
content left

घटना आज बिहान भएको बताइएको छ। प्रहरीका अनुसार घरेलु विवादपछि बच्चा मियाँले दाउ प्रहार गर्दा सहिना खातुनको घटनास्थलमै मृत्यु भएको हो। हत्या लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

हाल घटना स्थलमा प्रहरी टोली खटिएको छ र मुचुल्का उठाउने तथा प्रारम्भिक अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। आरोपी बच्चा मियाँलाई नियन्त्रणमा लिएको वा फरार रहेकोबारे जानकारी सार्वजनिक गरिएको छैन। घटनाको थप विवरण आउन बाँकी छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily