Aadarsh-Daily

लहानबाट ब्राउनसुगर र नगद सहित दुई युवक पक्राउ

ad-4p

सिरहा प्रहरीले प्रतिबन्धित लागुपदार्थ ब्राउनसुगर र करिब ३ लाख रकमसहित दुई युवकलाई पक्राउ गरेको छ ।

content ad p2

शुक्रबार लहान नगरपालिका ११ पडरियाबाटस्थानीय २८ वर्षिय मिथिलेश कुमार चौधरी र २४ वर्षिय राज नन्दन चौधरीलाई एक सय १८ ग्राम ६१ मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

content left

मिथिलेशको साथबाट एक सय नौ ग्राम ब्राउनसुगर, सात हजार तीन सय १० रुपैयाँ नगद र घरमा रहेको काठको दराजबाट नेपाली दुई लाख ७५ हजार तीन सय र भारु एक हजार दुई सय ५० रुपैयाँ, सुनजस्तो पहेको धातुको तिलहरी र नेकलेश एक एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

त्यसैगरी राजनन्दनको साथबाट ९ ग्राम ६१ मिली ग्राम ब्राउनसुगर, नगद दुई हजार एक सय, मोवाईल एकथानसहित लागुऔषध बरामद गरेको उनले बताए ।

Shivam Cement
विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूलाई आजै जिल्ला अदालत सिरहाबाट अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको छ ।\

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily