Aadarsh-Daily

वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा तीव्र वृद्धि

ad-4p

चालू आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै ५२ अर्ब ५८ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा सात अर्ब ३७ करोडको मात्रै आयात भएको थियो ।

content ad p2
content left

भन्सार कार्यालयका अनुसार २५ करोड ८८ लाख लिटर भटमास तेल प्रशोधन गरी ५५ अर्ब ३ करोडको निर्यात पनि गरिएको छ । अघिल्लो वर्ष मात्र चार लाख ६४ हजार लिटर भटमास तेल निर्यात भएको थियो ।

त्यस्तै, चालू वर्षमा नौ अर्ब ७५ करोड मूल्य बराबरको सूर्यमुखीको कच्चा पदार्थ आयात भई, आठ अर्ब ४० करोड मूल्य बराबरको तीन करोड ८८ लाख लिटर प्रशोधित तेल निर्यात गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै १० गुणा बढी हो ।

व्यवसायीहरूले कच्चा तेल ल्याएर प्रशोधन गरी पुनः निर्यात गर्ने क्रम तीव्र बन्दै गएको भन्सार स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily