Aadarsh-Daily

चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता एक वर्षको लागि कालोसूचीमा

ad-4p

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई सन्तोषजनक काम नगरेको भन्दै एक वर्षको लागि कालोसूचीमा राखेको हो ।

content ad p2
content left

लुना खरेल मुख्य व्यक्ति भएको काठमाण्डौको ग्रीन लिफ प्रा.लि., राधेश्याम झा रहेको धनुषाको शिवम कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति रहेको टोखाको डीजी इगल कन्स्ट्रक्सन एण्ड विल्र्डस प्रा.लि. र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको थोमस कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रा.लि.लाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गौशाला नगरपालिका महोत्तरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहट र भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय विराटनगरले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily