Aadarsh-Daily

सिरहाको औरहीबाट भारी मात्रामा गाँजासहित एक युवक पक्राउ, अन्य फरार

ad-4p

सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति २३ वर्षीय राम उदगार मलाह भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।

content ad p2
content left

प्रहरी टोलीले विशेष सूचनाको आधारमा सञ्‍चालित अपरेशनमा मलाहलाई गाँजा बोकेकै अवस्थामा नियन्त्रणमा लिएको हो। घटनास्थलमा प्रहरी पुगेपछि अन्य केही व्यक्ति गाडीसहित फरार भएका थिए। उनीहरूको खोजी तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिको पहिचान तथा पक्राउको प्रयास जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily