Aadarsh-Daily

मौसम पूर्वानुमानको सूचनालाई पालना गर्न प्रधानमन्त्री ओलीको आग्रह

ad-4p

प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम पूर्वानुमानको सूचनालाई पालना गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेअनुसार चनाखो रहन र सावधानी अपनाउन अनुरोध गर्नुभएको हो ।

content ad p2
content left

यो बेला हुन सक्ने मनसुनजन्य विपद् र यसबाट जोगिन अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित ठाउँमा बस्न उहाँको आग्रह छ । साथै प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिनुभएको छ ।

आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा ठूलो वर्षाको सम्भावना छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily