Aadarsh-Daily

रोजगारीको नाममा ठगिएका पोखरियाका युवा घुस फिर्ती माग्दै धर्नामा

ad-4p

पर्साको पोखरिया नगरपालिकामा बेरोजगार युवाहरूलाई नियोजित रूपमा ठगी, श्रम शोषण र अवैध रूपमा नगद असुली गरिएको भन्दै पीडितहरूले शनिबार शिव मन्दिर प्राङ्गणमा बैठक गरी न्यायको माग गरेका छन्।

content ad p2

नगर क्षेत्रका विभिन्न टोलबाट आएका पीडितहरूद्वारा आयोजित भेलामा नियुक्तिपत्र वितरणका क्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले अवैध रूपमा रकम असुलेको, काम गरेपछि पनि पारिश्रमिक नदिएको र झुटा आश्वासन दिएर युवाहरूको शोषण गरिएको गुनासो व्यक्त गरिएको थियो।

content left

पीडितहरूको भेलाले चार बुँदे माग अघि सार्दै बिहीबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ। मागहरूमा नियुक्तिपत्र दिने क्रममा लिएको सम्पूर्ण रकम फिर्ता गर्नु, काम गरिसकेका कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउनु, निष्पक्ष प्रक्रिया अपनाई बेरोजगार युवालाई रोजगार दिनु, र हालै नगरपालिकाले एकतर्फी रूपमा बढाएको सम्पत्ति कर फिर्ता लिनु पर्ने उल्लेख छ।

उनीहरूले पोखरिया नगरपालिकाभित्र चल्ने “भित्री चलखेल” र अपारदर्शी कर्मचारी व्यवस्थापनका कारण धेरै युवा आर्थिक र मानसिक तनावमा परेको दाबी गरेका छन्। आन्दोलनको कार्यक्रमलाई चरणबद्ध रूपमा अगाडि बढाउने चेतावनीसमेत भेलामा दिइएको छ।

स्थानीय सरोकारवालाहरूले घटनाप्रति चासो देखाए पनि पोखरिया नगरपालिकाको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily