Aadarsh-Daily

पर्साको सीमा नाकाबाट अवैध क्रियाकलापमा संलग्न १६ युवा पक्राउ

ad-4p

पर्सा — पर्सा जिल्लाको भारतसँग जोडिएको मुख्य सीमा नाकाबाट अवैध रूपमा ओसारपसार र आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्कामा १६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार साउन १३ गते बिहान ३:३० बजे सिमावर्ती क्षेत्र जगन्नाथपुर गाउँपालिका–६ स्थित भिस्वा टोलमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरू लामो समयदेखि भारत–नेपाल सीमा क्षेत्रमा आवत–जावत गरी लागू औषध, ईलेक्ट्रोनिक सामग्री, लत्ताकपडा र अन्य वस्तुको तस्करीमा संलग्न रहेको गोप्य सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै आएको थियो ।

content left

प्रहरीले जनाएको छ कि सीमाक्षेत्रमा हुने अवैध क्रियाकलापले सामाजिक सुरक्षा, आपराधिक क्रियाकलाप र तस्करीलाई प्रोत्साहन दिने खतरा रहेकाले निगरानी बढाइएको हो । पक्राउ परेका युवाहरूमाथि प्रारम्भिक अनुसन्धानपछि थप प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई हाल आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट ७ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेहरूमा रहेका केही नाम यस्ता छन्:

  • सुभाष पटेल (पर्सा, वीरगञ्ज–१७)
  • जितेन्द्र कुमार अन्सारी (पर्सा, जहलमाई–६)
  • राहुल यादव (वीरगञ्ज–८)
  • श्यामसुन्दर यादव (बिरगञ्ज–२८)
  • किसान अन्सारी (बिरगञ्ज–२८)
  • नितिन पटेल, रमेश पटेल, विजयकुमार यादव लगायतका रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका अधिकांश व्यक्ति १८ देखि ३० वर्ष उमेर समूहका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily