Aadarsh-Daily

चुरे संरक्षणमा तीनै तहको सरकार लाग्नुपर्नेमा जोड

ad-4p

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका कार्यकारी निर्देशक डा. किरण पौडेलले तराई–मधेसको जलस्रोत जोगाउन चुरे क्षेत्रको संरक्षणका लागि तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिनुभएको छ।

content ad p2
content left

वीरगञ्ज महानगरपालिका, चुरे संरक्षण समिति र ग्रिन सिटी सामुदायिक केन्द्रको संयुक्त आयोजनामा वीरगञ्जमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै डा. पौडेलले वीरगञ्जमा बढ्दो जनसंख्या र घट्दो पानीको स्रोतले गम्भीर संकट निम्त्याएको बताउँदै दीर्घकालीन समाधानका लागि भूमिगत जलस्रोतको संरक्षण अपरिहार्य भएको उल्लेख गर्नुभयो।

उहाँले चुरे क्षेत्रबाट बगेका नदीहरूले भूमिगत जल भण्डारण गराउने हुँदा यसको दोहन रोक्न आवश्यक रहेको बताउनुभयो। साथै, भारतमा ६ सय फिटभन्दा तलबाट पानी निकालिँदा पनि स्रोत बाँकी रहेको तर नेपालमा ३ सय फिटमै बोरीङ्ग गरेर पानी निकालेपछि स्रोत सुक्दै गएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नगरप्रमुख राजेशमान सिंहले वातावरण संरक्षणमा वृक्षारोपण महत्त्वपूर्ण रहेको बताउनुभयो। प्रकाश खेतानको संयोजनमा सम्पन्न कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily