Aadarsh-Daily

नेदरल्यान्ड्सले युक्रेनका लागि अमेरिकी हतियार खरिदमा नेतृत्व लिँदै ५० करोड युरो सहायता दिने

ad-4p

युक्रेनलाई छिटो र प्रभावकारी रूपमा हतियार डेलिभरी गर्न अमेरिकाले सुरु गरेको नयाँ संयन्त्र अन्तर्गत नेदरल्यान्ड्स पहिलो नाटो सदस्य राष्ट्र बनेको छ, जसले पूर्णरूपमा एक प्याकेज फन्ड गर्दैछ। डच सरकारले युक्रेनका लागि ५० करोड युरो (अन्दाजी ५७ करोड ७० लाख अमेरिकी डलर) को अमेरिकी हतियार खरिद गर्ने घोषणा गरेको हो।

content ad p2

डच रक्षा मन्त्रालयका अनुसार यो सहायता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो महासचिव मार्क रुटले हालै सुरु गरेको “प्राथमिकता युक्रेन आवश्यकता सूची (PRUL)” संयन्त्र अन्तर्गत हुनेछ, जसमा साझेदार राष्ट्रहरूले अमेरिकी भण्डारबाट हतियार खरिद गरी सिधै युक्रेन पठाउने व्यवस्था छ।

डच रक्षामन्त्री रुबेन ब्रेकलमन्सले एक्स (पूर्व ट्विटर) मा लेख्दै, “नेदरल्यान्ड्सले अमेरिकी भण्डारबाट हतियार आपूर्ति गर्ने नेतृत्व गरिरहेको छ। यसले रूसमाथि वार्ता गर्न थप दबाब सिर्जना गर्दछ।”

content left

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफलाई फोनमार्फत आभार व्यक्त गरेका छन्। स्कुफले पनि एक्समा पोस्ट गर्दै रूसले दैनिक गरिरहेको ड्रोन र मिसाइल आक्रमणका सन्दर्भमा युक्रेनलाई हतियारको अत्यन्त आवश्यकता रहेको उल्लेख गरेका छन्।

डच सहायता प्याकेजमा अमेरिकी प्याट्रियट मिसाइलका पार्टपुर्जा लगायत अग्रपंक्तिमा प्रयोग हुने विभिन्न प्रणालीहरू समावेश हुने छन्। ब्रेकलमन्सले रुसी हवाई आक्रमणलाई “विशुद्ध आतङ्क” भन्दै युक्रेनमा रूसको प्रभुत्व बढेमा सम्पूर्ण युरोपमा खतरा बढ्ने चेतावनी दिएका छन्।

यसअघि पनि नेदरल्यान्ड्सले युक्रेनलाई एफ-१६ युद्धविमान, ट्याङ्क, ड्रोन तथा गोला बारुद सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

नाटो महासचिव मार्क रुटले नेदरल्यान्ड्सको यो कदमको स्वागत गर्दै “नयाँ ढाँचामा सहयोगको ऐतिहासिक पहिलो उदाहरण” को रूपमा प्रशंसा गरेका छन्।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily