Aadarsh-Daily

२२ वटा निर्माण कम्पनीको काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्ने तयारी

ad-4p
content left

सरकारले २२ वटा निर्माण कम्पनीको काम सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नभएको भन्दै कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण कम्पनीलाई शुरूमा ३० दिनको म्यादसहित स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको जवाफ नबुझाएका कम्पनीहरूको सूची आज सार्वजनिक गर्दै सरकारले ती कम्पनीहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राखिन्छ ।

कालोसूचीमा परेको अवधिभर सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा भाग लिन नपाइने व्यवस्था छ । कालोसूचीमा राख्न सिफारिश भई सात दिने स्पष्टीकरण सोधिएकाहरूमा चिनियाँ कम्पनीहरू समेत छन् ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily