Aadarsh-Daily

सर्लाहीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

ad-4p

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापालाई विशेष अदालतले ८ वर्ष कैद सजाय र १० करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

content ad p2
content left

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते थापासहित नगरपालिकाका अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय निर्धारण गरेको हो।

अदालतको फैसला अनुसार, प्रतिवादीहरूले करिब ३० करोड २९ लाख रुपैयाँ बराबरको नदीजन्य पदार्थ हिनामिना गरेका थिए। यसअघि मेयर थापालाई गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवानाको फैसला भइसकेको थियो।

उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने उक्त मुद्दामा सफाइ पाएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily